अर्बपतिबाट राष्ट्रपति, को हुन् ट्रम्प ?

 

अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हो । अमेरिकाको राजनीतिक परिवर्तनले विश्वका सबै मुलुकलाई प्रभावित बनाउने गर्दछ ।  डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । अब डोनाल्ड ट्रम्पले अमेरिकाको भविष्यको निर्णय गर्नेछन् भने अमेरिकाको भविष्यले विश्व अर्थतन्त्रको भविष्य निर्धारण गर्नेछ ।

को हुन् डोनाल्ड ट्रम्प ?
सत्तरी वर्षका ट्रम्प जीवनशैली, व्यवहार, सम्पत्ती लगायतका कारण सँधै चर्चामा रहन्छन् । उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ उनले तीन पटक विवाह गरेका छन् । पहिलो विवाह इभाना जेल्नी कोभासँग, दोस्रो मार्ला मेपलसँग र तेस्रो मिलिनिया नर्ससँग भएको थियो । उनी अहिले तेस्री श्रीमतीसँग छन् । । उनी न्यूयोर्कको प्रख्यात ट्रम्प टावरमा बस्छन् । ट्रम्प विलासी जीवनशैलीका सौखिन भए तापनि उनका पिता फ्रेड ट्रम्प एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । यसै कारण विशेषतः अमेरिकाका मध्यम वर्गियहरुले ट्रम्पलाई खुबै रुचाउँछन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएर पनि रियलस्टेटमा लगानी गरेर फ्रेडले ठूलो सफलता हात पारे । नतिजास्वरुप आज डोनाल्ड ट्रम्प एक अर्वपतिको जीवन बाँचिरहेका छन् । यसबाहेक, ट्रम्प होटल र ट्रम्प प्यालेस लगायत उनका नामका थुप्रै सम्पत्तीहरु विश्वका थुप्रै सहरमा छन् ।

घरमा ट्रम्पलाई हतियारसँग खेलिरहेको भेटेपछि १३ बर्षको छँदा ट्रम्पलाई उनका पिताले न्यूयोर्क मिलिटरी एकेडेमीमा पठाए । गतल व्यवहार गरेको भन्दै उनी त्यहाँबाट निकालिए । लगत्तै अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कूलमा भर्ना भएर उनी व्यापार पढ्न थाले । त्यसपछि ट्रम्पले पारिवरिक व्यापारमा पिताको साथ दिए । रियलस्टेट बिजनेशसँगै, होटल र क्यासिनोमा लगानी विस्तार गरे । सन् १९७० मा घाटामा रहेको ग्राण्ड हायात होटललाई सात करोड डलरमा किनेर मर्मत गरी उनी रातारात करोडपती बन्न पुगे ।

सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्स जस्ता ब्युटि कन्टेस्ट आयोजना गर्ने कम्पनीका मालिक थिए । कतिपय पुराना मिस युनिभर्सहरुले ट्रम्पको तारिफ गरेका छन् । कतिपयले उनीमाथि पटक पटक यौन दुव्र्यवहारको आरोप पनि लगाएका छन् । ट्रम्प विगतमा ’द एप्रिनटेस’ नामक टेलिभिजन सो समेत सञ्चालन गर्थे । यसले उनलाई सेलिब्रेटी बनायो । सन् २००४ मा उनको शो अमेरिकामा प्रख्यात बन्यो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मितिः   २४ कार्तिक २०७३, बुधबार ०८:२२