भारतीय ५ सय र हजारको नोट सटहीमा रोक
सुर्खेत, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले भारतीय ५ सय र १ हजारको नोटलाई तत्काल सटही नगर्न नेपालका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको राष्ट्र बैंकको बैठकले तत्कालका लागि मनि चेन्जर र बैंक तथा वित्तीय संस्थालाई नोट सहटीमा रोक लगाउने निर्णय गरेको हो ।
५ सय र १ हजारको नोट रोक लगाउन राष्ट्र बैंकले एक र्सकुलर जारी गर्ने भएको छ। भारत सरकारले गएराती १२ बजेबाट ४ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाएको छ।
भारतमा भने तत्काल त्यस्ता नोट बैंक तथा वित्तीय सस्थामा लगेर साट्न पाइने भएको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डिततका अनुसार तर यो सुबिधा नेपालमा भने अहिले छैन।
यस बिषयमा राष्ट्र बैंंकले भारतको केन्द्रीय बैंकसंग छलफल गरेपश्चात मात्र टुङ्गो लाग्ने पण्डितले जानकारी दिए। उनले भने ‘अहिलेलाई हामीले यसको सटही रोक लगाउँछौ किनकी भोलि भारतीय बैंकले यो नोट लिएन भने हामीले के गर्ने रु ’यसअघि नेपालमा २०७१ फागुन महिना अघिसम्म भारतीय ५ सय र १ हजारको नोट प्रतिबन्ध लगाइएको थियो।
पण्डितले भने ‘२०७१ फागुनमा हामीले यसको सटही खोलेका हौ, नेपालमा चलनचल्तीको लागि नभई भारतमा जाँदा प्रयोग गनरुन भन्ने हेतुले खोलेका थियौ। ’तर भारतीय नोट सञ्चय गरेर राखेका नेपलीहरुलाई भने राष्ट्र बैंकको यस निर्णयले मर्का पर्ने भएको छ। भारतले पुराना नोट प्रतिबन्ध लगाई नयाँ ५ सय र १ हजारको नयाँ नोट निकाल्न लागेको छ।
प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार ०८:०८
साझा बिसौनी ।