डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २४ कात्तिक  ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्।

ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।

 

प्रकाशित मितिः   २४ कार्तिक २०७३, बुधबार ०७:५१