संसदीय समितिको नेतृत्व निर्विरोध

कर्णाली प्रदेशसभा अन्तर्गतका संसदीय समितिको नेतृत्व निर्विरोध चयन गरिएको छ । शनिवार चार वटा समितिको अध्यक्ष पदका लागि एक÷एक जनाले मात्रै मनोनयन दर्ता गराएपछि नेतृत्व निर्विरोध भएको हो ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ यसअघि पनि ज्येष्ठताका आधारमा उक्त समितिको अध्यक्ष थिए ।
कर्णाली प्रदेशसभाका निमित्त सचिव वीरबहादुर केसीका अनुसार आइतवार दिउँसो १ बजेका लागि निर्वाचन समय तोकिएको थियो । यद्यपि अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका छन् । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची–५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा सपथ ग्रहण पश्चात् अध्यक्षहरूले कार्यभार सम्हाल्ने कार्यक्रम हुने उनले बताए । समिति गठन भएको दुई वर्ष बितिसकेपछि औपचारिक हरूमा नेतृत्व चयन गरिएको हो ।