कोरोना संक्रमित १६ हजार नाघे

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधवार साँझसम्म संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको हो । कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको छ । बुधवार २० जना नयाँ संक्रमित थपिएका हुन् । देशभरका संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका तीन हजार ६ सय ९७ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयले बालबालिका समेत संक्रमणको उच्च जोखिममा रहेको भन्दै अभिभावकलाई विशेष ख्याल राख्न सुझाएको छ । १० वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ६ सय दुई छ । ५१ देखि ६० वर्ष उमेर समूहका भने ५ सय ९५ संक्रमित छन् । ६१ देखि ७० उमेर समूहका एक सय ९१ र ७१ देखि ८० उमेर समूहका ४६ जना संक्रमित छन् । ८० वर्ष माथिका भने १२ जना संक्रमित छन् ।

प्रकाशित मितिः   २५ असार २०७७, बिहीबार ०८:३५