थप १४ जनामा कोरोना संक्रमण

कर्णालीमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । मङ्गलवार सुर्खेतका १२ र सल्यानका दुई जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ ।

मङ्गलवार संक्रमण पुष्टि हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिकाका तीन, वीरेन्द्रनगर नगरपालिकाका तीन, बराहताल गाउँपालिकाका एक र गुर्भाकोट नगरपालिकाका पाँच जना छन् । त्यस्तै, सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनहरूबाट कोरोना संक्रमणमुक्त भएर २८ जना डिस्चार्ज भएका छन् । कर्णालीमा हालसम्म एक हजार दुई सय ७५ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यसैबिच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा जिल्लामा कोरोना संक्रमित नरहेको जनाएको छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले हुम्ला, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा अहिले कोरोना संक्रमित नभएको जनाए ।

प्रकाशित मितिः   २४ असार २०७७, बुधबार ०९:४७