कांग्रेस सुर्खेतले गर्यो सात सदस्य मनोनीत

सुर्खेत, २३ कात्तिक । नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्यसमिति मंगलवार विस्तार गरिएको छ ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी
जिल्ला कार्यसमिति विस्तार गरेको जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसको विधान बमोजिम एक निर्वाचन क्षेत्रबाट ३ जनाका दरले जिल्ला
सदस्य मनोनित गर्ने प्रावधान बमोजिम निर्वाचन क्षेत्र नम्बर १ बाट १ जना,
निर्वाचन क्षेत्र नम्बर २ बाट ३ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ३ जना गरी ७
जना सदस्य मनोनित गरेका छन् ।

विज्ञप्ति अनुसार मनोनित हुनेहरुमा भीष्मराज हमाल, वालदीप कडेल,
गोपालकृष्ण गिरी, नवल गिरी, पूर्णबहादुर राना, खिमबहादुर वली र किर्तिराज
जोशी रहेका छन् ।

यसैगरी जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा कमल गुरुङ, गजराज जोशी,
वलबहादुर वली र जनक रावललाई मनोनित गरिएको सभापति रेग्मीद्वारा जारी प्रेस
विज्ञप्तिमा उल्लेख छ । सभापति रेग्मीले जिल्ला अधिवेशन भएको करिव ९ महिनापछि
जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।

 

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १५:१९