तरुण दल सुर्खेतको अध्यक्षमा विष्ट

सुर्खेत, २३ कात्तिक । नेपाल तरुण दल जिल्ला समिति सुर्खेतको अध्यक्षमा हरी विष्ट निर्वाचित भएका छन् । मङ्गलवार सम्पन्न निर्वाचनबाट आफ्नो प्रतिद्धन्द्धी नवल गिरीलाई ९९ मतको  अन्तरले पराजित गर्दै विष्ट अध्यक्षमा विजयी भएका हुन् ।

समितिको सबै पदाधिकारीमा विष्ट प्यानलका उम्मेद्वार विजयी भएका छन् । उपाध्यक्षमा  चित्रजंग शाही, सचिवमा कृष्ण भण्डारी विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा प्रेमप्रकाश खत्री बिजयी भएका छन ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १३:३५