ओली-दाहाल छलफल : निस्किएन निष्कर्ष

काठमाडौं‌ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । पार्टीभित्र तीव्र विवाद देखिएर फुटकै संघारमा पुगेको बेला दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार छलफल भएको हो।

दुई घण्टा छलफल भएपनि कुनै सहमति भएन भएको छैन । भोली फेरी छलफल गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।

बैठकमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखेका थिए । केही समयदेखि जारी नेकपाभित्रको आन्तरिक विवाद जारी स्थायी समिति बैठकमा थप उत्कर्षमा पुगेको हो। बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुनुका साथै उनको राजीनामा समेत मागिएको थियो।

प्रकाशित मितिः   १९ असार २०७७, शुक्रबार १५:५७