जननाट्य मञ्च गठन

सुर्खेत, १२ चैत । (साबिस)
सुर्खेतमा नेकपा एमाले निकट जननाट्य मञ्चको गठन भएको छ । सागर गौतमको अध्यक्षतामा सात सदस्यीय जननाट्य मञ्च गठन भएको हो । नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा अकवर खान, सचिवमा सञ्चिता सुनार, सहसचिवमा वेदन थापा, कोषाध्यक्षमा आशिष न्यौपाने तथा सदस्यहरूमा नवराज शर्मा र संगीता विक चयन भएका छन् । त्यस्तै  शुक्रवार नै भएको भेलाबाट गिरी जेठाको संयोजकत्वमा खोपीराम लम्साल र ज्ञानबहादुर नेपाली रहने गरी तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । 
एमाले सुर्खेतको सभाहलमा भएको भेलामा जननाट्य मञ्चका केन्द्रीय अध्यक्ष एवम् जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य पुष्पराज आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा जननाट्य मञ्चका भेरी अञ्चल इन्चार्ज खड्ग भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०५