खानीखोलामा गाउँ कमिटी

सुर्खेत, १२ चैत । (साबिस)
सुर्खेतको खानीखोला गाविसमा एमाओवादी सुर्खेतले गाउँ कमिटी चयन गरेको छ । शुक्रवार भएको भेलाले प्रेमबहादुर सुनारको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मनोज सुनार र सचिवमा रेशम खत्री चयन भएका छन् । यस्तै कार्यक्रममा रिमबहादुर चन्दको अध्यक्षतामा आठ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । शुक्रवार नै एमाओवादीले टीकाराम पुनको अध्यक्षतामा २५ सदस्यीय वाइसीएल गाउँ कमिटी गठन गरेको छ ।