राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटारबाट शीतल निवास गएका छन् ।

बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको हो ।