ओली-दाहाल छलफलमा
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद चुलिएका बेला अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि दुई अध्यक्षहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच अहिले भेट जारी छ।
भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको जनाइएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।
जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।
बिहीवार प्रधानमन्त्रीले एक्कासी संसद अधिवेशन अन्त्यको निर्णय गरेपछि नेकपाभित्रको विवाद थप चर्किएको छ ।
प्रकाशित मितिः १९ असार २०७७, शुक्रबार १२:५०
साझा बिसौनी ।