नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरिएको छ । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै  स्थायी कमिटि बैठक प्रभावित भएको हो ।

नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएर मन्त्रीपरिषद्को बैठकमार्फत संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गरेका थिए । तर सरकारको उत्त निर्णय आएसँगै  स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

बैठक स्थगित भएपछि सचिवाल सदस्यहरुबीच छलफलको तयारी भइरहेको जनाइएको छ ।

 

प्रकाशित मितिः   १८ असार २०७७, बिहीबार १३:५१