नेकपा स्थायी समिति बैठकमा ओली अनुपस्थित

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ। ११ बजेका लागि डाकिएको बैठक सवा १२ बजेतिर सुरू भएको हो।

तर बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

ओली उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गरेका हुन् ।