संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं : मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार मध्यान्ह बसेको बैठकले अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहबीच सरकारको यो निर्णयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको छ। प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्न खोजेको आशंका गरिएको छ। परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ।
प्रकाशित मितिः १८ असार २०७७, बिहीबार १३:४०
साझा बिसौनी ।