१६ संक्रमित थपिए, ७१ डिस्चार्ज

कर्णालीमा मंगलवार थप १६ जनामा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या एक हजार चार सय ४३ पुगेको छ । मंगलवार आठ जना महिलासहित ७१ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार तीन सय ५६ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । कर्णालीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ७२ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   १७ असार २०७७, बुधबार ०६:०१