पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु

पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकामा रहेको खमारी लघुजलविद्युत आयोजनाको कर्मचारी बस्ने एउटा भवन पहिरोले पुरिँदा ४७ वर्षीय नन्दा पुलामीको मृत्यु भएको हो । उनका श्रीमान डम्मर पुलामी घाइते भएका छन् । उनी जलविद्युत आयोजनामा अपरेटर हुन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

लघुजलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुङ्गानाले गएराति आयोजनाको कर्मचारी बस्ने क्वाटरमा पहिरोले क्षति पु¥याउँदा एक जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोले लघुजलविद्युत आयोजनामा करिब १२ लाख बराबरको क्षति पुगेको छ ।

प्रकाशित मितिः   १६ असार २०७७, मंगलवार ०६:०१