तरुण दल सुर्खेतको निर्वाचन, २ सय ८३ मत खस्यो

सुर्खेत, २३ कात्तिक । नेपाली काँग्रेस  निकट तरुण दल सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।
पार्टी कार्यालय सुर्खेतमा आज बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको हो ।

निर्वाचन समितिका अनुसार मतदानमा कुल ३ सय ४३ मत मध्ये २ सय ८३ मत खसेको छ । आजै मत गणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्ष पदका लागि हरी विष्ट र नवल गिरीले उमेद्वारी दिएका छन् । पार्टीमा जस्तै तरुण दलमा पनि दुइ वटा गुटबीच प्रतिस्पर्धा भएको जनाइएको छ । विष्ट नेता पुर्णबहादुर खड्का पक्षधर र गिरी हृदयराम थानी पक्षधर भएको जनाइएको छ ।