देउसी खेलेर अक्षयकोष स्थापना

पुष्पराज भट्टराई
कालीकोट, २३ कात्तिक । हरेक बर्ष तिहारमा देउसी भैली खेलेर थुप्रै रकम संकलन गर्ने गरिन्छ । संस्कृती संरक्षणको नाममा संकलित उक्त रकम केहीलाई अपवाद मान्ने हो भने प्रायः वनभोजमा नै सकिने गर्दछ । कालीकोटको मान्ममा प्रशारण केन्द्र रहेको रेडियो मालिकाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । कर्णालीको कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका लागि उक्त कोष स्थापना गरिएको हो ।

देउसी भैलोबाट संकलित ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरि उक्त कोषबाट प्राप्त हुने ब्याजले हरेक बर्ष कला, संस्कृती र पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकार तथा यस क्षेत्रमा योगदान पु¥याउने कलाकारलाई पुरस्कृत गर्ने उद्देश्यले देउसी भैलोबाट संकलित रकमबाट ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको रेडियो मालिकाका स्टेशन मेनेजर खगेन्द्र भट्टराईले बताए ।

कालीकोटको मान्ममा आयोजित एक कार्यक्रममाबीच कालीकोटका साँसदद्धय महेन्द्रबहादुर शाही र तुलाराज बिष्टले संयुक्त रुपमा उक्त कोष स्थापनाको घोषणा गरेका छन् । साँस्कृतिक तथा पर्यटन प्रबद्र्धन पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापनाको घोषणा गर्दै कालीकोटका साँसद तथा कार्यक्रमका प्रमूख अतिथि महेन्द्रबहादुर शाहीले देउसी भैलीको रकमबाट पत्रकारिता पुरस्कार स्थापना गरी पत्रकारहरुलाई पर्यटन प्रबद्र्धनमा कमल चलाउन उत्साहित गर्नु सकारात्मक कार्य भएको बताए ।

‘संस्कृती संरक्षणको नाममा बर्सेनी देउसी भैलीबाट विभिन्न समूहले लाखौ रकम संकलन गर्ने गरे पनि त्यसको सही सदुपयोग हुन सकेको छैन’ साँसद् शाहीले भने, ‘देउसी भैलीबाट संकलित रकम कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका क्षेत्रका लागि अक्षयकोष स्थापनाले अन्य समूहलाई पनि सिकाई हुनु पर्दछ ।’ दुई तीन दिन देउसी भैली खेल्ने र वनभोजमा खर्च गर्ने परिपाटीको अन्त्य गरी सामाजिक कार्यमा योगददान दिनका लागि यूवाहरु अग्रसर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमका बिशेष अतिथि रहनु भएका अर्का साँसद तुलाराज बिष्टले कर्णाली प्रदेश कला साहित्य र पर्यटन बिकासका लागि उर्वर भूमि भए पनि यहाँको संस्कृती प्रायः लोप हुने अवस्थामा रहनु दुखद भएको भन्दै यसको संरक्षणमा युवा सहभागिता जरुरी भएको बताए । ‘हाम्रो संस्कृती लोप भइरहेको अवस्था छ’ उनले भने, ‘पश्चिमा संस्कृतीको प्रभावले हाम्रो संस्कृती हराउँदै गएको छ यसको संरक्षणका लागि यूवाले थालेको अभियानमा हामी सबैको साथ हुन आवश्यक छ ।’

 

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार ११:०८