थप ७२ जनामा संक्रमण

प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय सात पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुुसार कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बिहीवार थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सबैभन्दा बढी संक्रमित दैलेखमा भेटिएका छन् । दैलेखमा सात सय ५५, सुर्खेतमा तीन सय २७, सल्यानमा एक सय ७४, कालीकोटमा ४७, जुम्लामा २९, जाजरकोटमा ११, हुम्ला र मुगुमा दुुई÷दुई जना, डोल्पा र रूकुम–पश्चिममा एक÷एक जनालाई कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार ५८ जना संक्रमित अन्य प्रदेशका हुन् । उनीहरूको पनि कर्णालीमै गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कर्णालीमा बिहीवार एक सय २४ जना कोरोना संक्रमणमुक्त भएर घर गएका छन् । योसँगै कोरोनामुक्त भएर घर जानेको संख्या ६ सय ९२ पुगेको छ । कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १२ असार २०७७, शुक्रबार ०६:०२