सवारी करमा जरिवाना नलिने

कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालयले लकडाउन अवधिको जरिवाना नलिने तयारी थालेको छ । लकडाउनको अवधिमा कर बुझाउनुपर्ने मिति पुगेका सेवाग्राहीबाट कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ । सवारी अनुमति पत्रको म्याद नाघेको, सवारी कर र अन्य दस्तुरलगायतको जरिवाना नलिने तयारी गरिएको हो ।

कर तथा जरिवाना तिर्ने मिति लकडाउनको अवधिमा परेका सेवाग्राहीहरुबाट उक्त अवधिलाई शून्य मानी जरिवाना नलिने तयारी भएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका प्रमुख आनन्द चपार्इंले जानकारी दिए । जरिवाना छुट तथा मिनाहाका लागि प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए । ‘अर्थमन्त्रालयमा उक्त प्रक्रियाका लागि लेखि पठाएका छौं ।, उनले भने ‘सोही अनुसार प्रदेशको मन्त्रिपरिषद्बाट समेत निर्णय भएपछि काम अगाडि बढ्छ ।’

हाल कार्यालय सञ्चालनमा आए पनि जरिवाना मिनाह गर्नुपर्ने सेवाग्राहीहरूको काम भने नगरिएको उनले बताए । मन्त्रिपरिषद्को निर्णय भएपछि जरिवाना मिनाहाको सेवा सुचारु ग्रिने कार्यालय प्रमुख चपाईंले जानकारी दिए ।

प्रकाशित मितिः   ९ असार २०७७, मंगलवार ०६:०४