असावधानीले बढ्दैछ जोखिम

मोहनराज भट्ट

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गत चैत्र ११ गतेदेखि देश लकडाउन ग¥यो । नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइयो । कार्यालयदेखि व्यापार–व्यवसाय, पठनपाठन लगायत सबै क्षेत्र ठप्प भए । लकडाउनको तीन महिना पुग्नै लाग्दा सरकारले यसको स्वरूपमा केही परिवर्तन गरेको छ । विभिन्न चरणमा विस्तारै खुकुलो गर्दै जाने निर्णय बमोजिम जोखिम कम हुने क्षेत्रहरू सञ्चालनमा ल्याइएको छ । तर यस्तो निर्णय गरेको एक हप्ता नबित्दै देशमा संक्रमितको संख्या निक्कै बढेको छ । अझ खास गरी यो अवधिमा कर्णाली प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिएको छ । उचित सावधानी अपनाइएन भने आगामी केही महिना कर्णाली प्रदेश लगायत देश भरीमा निकै अप्ठेरा दिनहरू नआउला भन्न सकिन्न, किनकि लकडाउनको बेलामा त यसरी संक्रमण बढिरहेकै छ भने लकडाउन खुकुलो भएको बेला यदि समयमै उपयुक्त सावधानी अपनाइएन भने यो दर पक्कै दिन एक गुना रात चौगुना हुन बेर लाग्दैन ।

लामो समय वन्दावन्दीका कारण दैनिक जीवनयापनको लागि नागरिक नियमित काममा फर्किरहेका छन् र चलायमान अर्थव्यवस्थाको लागि यो जरुरी पनि छ । तर यो अवस्थामा नियमित दिनचर्यामा फर्किने क्रममा हामीले कोरोना महामारीपछि बदलिएको जीवनशैलीलाई प्राथमिकता दिंदै थप विशेष सावधानी अपनाउनुपर्ने हुन्छ तर यस हप्ता सुर्खेत बजारमा देखिएको भिडभाड र नारा जुलुस समेत हेर्दा सावधानी शुन्य छ भन्दा फरक पर्दैन ।

यतिबेला कर्णाली देशकै अन्य प्रदेशको तुलनामा उच्च जोखिममा छ । तर, त्यसको कसैलाई कुनै परवाह छैन । न नागरिकले गरेका छन् न कि स्थानीय तथा प्रदेश सरकारले नै गरेको छ । अधिकांश नागरिकले न्यूनतम सावधानी मास्क प्रयोग तथा एक आपसमा दुरी समेत कायाम नगरेको देखिन्छ । बढ्दो असुरक्षित भीडले भयावह स्थिति आउने सक्छ । यसअघि बाहिरबाट आएकालाई मात्र संक्रमण देखिएकोमा हाल आएर संक्रमण समुदायमा गइसकेको छ । यो अर्को ठूलो चुनौती हो ।

यस क्रममा सरकार, स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिएका सुझावको पालना गरेर आफू र समाजलाई पूर्व सुरक्षित राख्नुको विकल्प छैन । संक्रमण भइसकेपछि यहाँको उपचार सेवाबारे अव सायद कसैलाई भ्रम नहोला किनकि अहिले नै सयौं संक्रमितलाई विनाउपचार सेवा विद्यालयका कोठाहरूमा नाम मात्रको आइसोलेसन सेन्टरमा राखिएको छ । सञ्चारमाध्यमका अनुसार कोरोनाको संक्रमण भएका व्यक्तिm उचित उपचार तथा देखभालको अभावमा शिकार भएका हुन् । जुन विश्वका अन्य मुलुक र नेपालमा मृत्यू भएका उमेर समुहले समेत प्रष्ट्याउँछ ।

केही दिनअघि सामाजिक संजालमा एउटा पोष्ट देखेर म सोचमग्न भएँ । त्यहाँ लेखिएको थियो ‘सुरक्षित व्यवहार अपनाऔँ, आफू बचाँै र आफ्नो परिवारलाई पनि बचाऔँ किनकि सरकारका लागि तपाइँ एक संख्या हो तर तपाइँको परिवारको लागि तपाइँ सबथोक हो ।’ अहिलेको यो जोखिमपूर्ण अवस्थामा मनमा यही मन्त्र लिएर स्वास्थ्यकर्मी तथा विज्ञहरूले दिएका सुझावको पालना गर्ने हो भने हामी कर्णाली प्रदेशमा भयावह स्थिति आउनुपूर्व सम्हालिन सक्छौँ ।

कोभिडको संक्रमण रोकाथामका लागि जनस्वास्थ्यका उपायहरू र नयाँ व्यवहारको पालना अति आवश्यक तथा महत्वपूर्ण रहन्छ । यी सबै पक्षहरूलाई एकिकृत रूपमा अगाडी बढाइएमा बन्दाबन्दीलाई चरण–चरणमा खुकुलो तथा व्यवस्थित गर्दै हालको अवस्थाबाट पार पाउन सकिन्छ । यसका लागि मुलभूत रूपमा आम सर्वसाधारणदेखि सम्पूर्ण सरोकारवालाहरूले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नुपर्ने हुन्छ ।

कोरोना संक्रमणबाट आफू बच्न र समुदायलाई पनि सुरक्षित पार्न आम सर्वसाधारणले आफनोतर्फबाट भूमिका निर्वाह गर्नु अपरिहार्य छ । मूख्यतः ‘एमएमएस’ मोडलमा हाम्रा व्यवहारहरू बदल्नुपर्दछ । दैनिक जीवनमा लागू गर्नुपर्दछ । तब मात्रै हामी कोरोनासंगै हिँडेर कोरानालाई केही समयपछी पछार्न सक्छौ । बाँकी जनस्वास्थ्यका लागि प्रयोगशाला तथा अस्पतालहरूको सुदृढिकरणका लागि सरकारले आफनो कार्य अगाडी बढाउला ।

सामाजिक दुरी कायम गर्ने

मानिसहरू बिस्तारै नियमित काममा फर्कन थालेका छन् । कार्यस्थलमा हुने जमघटकाबीच अब आपसमा व्यक्तिगत दूरी कायम राखेर काम गर्नुपर्नेछ । अबका दिनमा सकेसम्म कम मानिसहरूसँगको सम्पर्क र भेटघाट सुरक्षाको लागि महत्वपूर्ण हुनेछ । स्कटल्यान्डको यूनिभर्सिटी अफ सेन्टएन्ड्रयुज स्कूल अफ मेडिसिनमा भाइरोलोजी एण्ड इन्फेक्सियस डिजिजका विज्ञ डा. मुगे सेविक ६ फिटको दूरीमा दुई व्यक्तिबीच १५ मिनेटको कुराकानीलाई ’क्लोज कन्ट्याक्ट’ मान्छन् । जति नजिक गएर लामो समय कुराकानी गरिन्छ, संक्रमण सर्ने जोखिम उति नै बढी हुन्छ । यसैले कसैको नजिक गएर कम समय कुरा गर्ने र लामो समय कुरा गर्नुपर्ने भयो भने मास्क अनिवार्य लगाउने सजगता आवश्यक हुन्छ । यसकारण भेटघाट, बजार, कार्यालय तथा जुनसुकै काम गर्दा समेत दुई जनाबीचको न्यूनतम दुरी ६ फिट कायाम गर्नु अनिवार्य हुन्छ ।

भिडभाडमा कम जाने र मास्कको प्रयोग अनिवार्य

सार्वजनिक स्थान वा भिडभाडमा अत्यावश्यक नभइ नजाने र जाँदा सुरक्षाको उपाय अपनाउन सक्दो प्रयास गर्नुपर्नेछ । जसमा घर बाहिर जाँद ामास्क (सर्जिकलवा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्नुपर्दछ ।

बारम्वार हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने

कोरोना भाइरस अहिलेसम्म मानिसबाट मानिसमा सर्ने पुष्टि भएको छ । तर, विज्ञहरू हामीले बारम्बार छोइरहने टेबल, बत्तीको स्वीच, फोन, ढोकाको ह्यान्डल आदि वस्तु र बाह्य सतहको लगातार सरसफाइ गर्नुपर्ने सुझाव दिन्छन् । त्यसकारण पटक–पटक हात धुने र नयाँ कुनै वस्तु हाम्रो सम्पर्कमा आउने बित्तिकै हात तथा सामान सेनिटाइज गर्ने कामलाई हाम्रो दैनिकीको एक महत्वपूर्ण हिस्सा बनाउनु पर्दछ ।

यसबाहेक अपनाउनु पर्ने आधारभूत सावधानीहरू

अनावश्यक वस्तु सतह नछूने, अनुहारको टिभाग–आँखा, नाक मुख बारम्बार नछुने, खोक्दा तथा हाच्छ्युँ गर्दा रुमाल वा टिस्यू पेपरले छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, ज्वरो, खोकी र श्वांसप्रश्वासको समस्या भएका व्यक्तिको सम्पर्कमा सकभर नआउने, आउनै परे मास्क तथा अन्य सुरक्षा सावधानी अपनाउने गर्दा धेरै हदसम्म कोरानाबाट बच्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य मापदण्ड २०७६ मा उल्लेख गरिएको छ ।

हरेक व्यक्तिले आफ्नो लागि कतिसम्म जोखिम सहज र सुरक्षित हुन्छ भनेर आफैंले फैसला लिनुपर्नेछ । यस्तो
जोखिम छनोट गर्दा त्यसका जोखिमबारे प्रष्ट भएर त्यसै अनुसार सुरक्षामा ध्यान दिनु आवश्यक हुन्छ । बढी जोखिममा रहेका वर्गले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यो वर्गमा खासगरी ६५ वर्षदेखि माथिका, प्रतिरोधी क्षमता कम भएका, दिर्घरोगको समस्यासँग जुधिरहेका व्यक्तिहरू पर्छन ।यसरी सुरक्षित व्यवहार अपनाऔं, आफू बचौं र आफ्नो परिवारलाई पनि बचाऔं ।

प्रकाशित मितिः   ८ असार २०७७, सोमबार ०६:०२