श्रमिक संघ गठन

सुर्खेत, १२ चैत । (साबिस)
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ सुर्खेतको गठन गरिएको छ । जिल्लामा छरिएर रहेका निर्माण कार्यमा संलग्न श्रमिकहरूलाई सङ्गठित एवम् एकत्रित गरी शुक्रवार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच संघ गठन गरिएको हो । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन मातहतमा रहने गरी मोहम्मद सकिबुल खानको अध्यक्षतामा १३ सदस्यीय पहिलो कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सीताराम चौधरी, महिला उपाध्याक्षमा प्रेमी घर्ती मगर, सचिवमा अमिन मियाँ, कोषाध्यक्षमा धर्मराज गन्धर्व र सहसचिवमा जवाहिर साह रहेका छन् । यस्तै सदस्यमा जयराम विशाल, भविसरा बाह्रघरे, मानबहादुर वैगार, रामबहादुर वैगार, विजन ठाकुर, विश्व थापा र सुरेन्द्र ठाकुर रहेका छन् । 
कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति देवकुमार सुवेदीले मजदुर, श्रमिक र कृषकको हकअधिकारका पक्षमा र उनीहरूका साझा समस्या समाधानका लागि पहिलो पटक आवाज उठाउने पार्टी नै आप्mनो पार्टी भएको दाबी गरे । यस्तै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेबी गुरुङ्गले मजदुर आफैले बनाउने ठूल्ठूला अस्पतालमा उपचार गर्न नपाउने, मजदुरले बनाउने ठूल्ठूला विद्यालय भवनमा मजदुरका छोराछोरीले नै पढ्न नपाउने विडम्बनापूर्ण अवस्था रहेको उल्लेख गरे । यस्तै नेपाल टे«ड युनियन कांग्रेसका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष गोपालकृष्ण गिरीले काम आफैमा सानो ठूलो नहुने भन्दै श्रमिकले पसिना सुक्न नपाउँदै उचित पारिश्रमिक पाउने अवस्था नभएसम्म श्रमको उचित सम्मानपनि नहुने तर्क गरे । नेपाल टे«ड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष जयबहादुर बिसीले सम्पूर्ण अब एउटा मजदुरको समस्या सबै मजदुरको साझा समस्या हुनुपर्नेमा जोड दिँदै एकापसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्नसके समान हक स्थापित गर्नसकिने उल्लेख गरे । 

प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०८