बजेट छलफल : महिलाको लागि बजेट खोइ ?

सुर्खेत : कर्णाली प्रदेशसभा सदस्य देवी वलीले प्रदेश सरकारको आगामी बजेटले महिलाहरुलाई बेवास्ता गरेको टिप्पणी गरेकी छिन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग प्रश्न गरिन्, ‘महिलाको लागि बजेट खोइ ?’

प्रदेशका ९ लाख महिलाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै उनले बजेटलाई पुनर्विचार गर्न आग्रह गरिन् । महिलाको क्षेत्रमा बजेट बढाउनुपर्ने उनको धारणा थियो ।

कम्तिमा ५ प्रतिशत मात्रै भएपनि बजेट महिलाहरुका लागि छुट्याउनुपर्ने वलीको भनाइ थियो ।

प्रकाशित मितिः   ३ असार २०७७, बुधबार १६:३६