बजेट छलफल : साहित्य लेखेजस्तो भयो, प्रष्ट आएन

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले सरकारो आगामी बजेटले प्रष्ट योजना नसमेटेको बताएकी छिन् । प्राथमिकताहरु निर्धारण नगरेरै बजेट ल्याइएको भन्दै उनले आलोचना गरिन् ।

बुधवार प्रदेशसभामा भएको बजेट छलफलमा सहभागि खत्रीले साहित्य लेखेजस्तो शैलीमा बजेट भाषण लेखिएपनि प्रष्ट हुन नसकेको उनको टिप्पणी थियो । महामारी नियन्त्रण तथा भोकमारी र बेरोजगारी अन्त्य गर्ने नारा लगाइएपनि त्यससँग कसरी जुध्ने भनेर अल्पकालिन तथा दिर्घकालिन योजना बजेटमा नभएकोप्रति उनले आलोचना गरिन् ।

प्रकाशित मितिः   ३ असार २०७७, बुधबार १६:४७