बजेट छलफल : ‘मियोविनाको दाइँ’जस्तो भयो

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश सरकारको आगामी बजेट  ‘मियोविनाको दाइँ’जस्तो भएको टिप्पणी गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट प्रष्ट र ठोस कार्यक्रम तथा योजनासहितको नभएको जिकिर गरे ।

प्रदेशका मौलिक विशेषता र आवश्यकता पहिचान गरेर त्यसलाई सम्बोधन गर्नपर्ने भएपनि सरकारले त्यसो गर्न नसकेको उनले बताए । शाहीले भने, ‘यो बजेटले कर्णालीवासीको अपेक्षा र आका‌ंक्षालाई समेट्न सकेको छैन ।’

 

 

प्रकाशित मितिः   ३ असार २०७७, बुधबार १६:१९