बजेट छलफल : फूलबुट्टा भरिएको छ तर प्रष्ट छैन

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट फूलबुट्टा भरिएको भएपनि प्रष्ट नभएको टिप्पणी गरेका छन् ।

प्रदेशसभामा सुरु भएको बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बजेट अन्यौलपूर्ण भएको बताए । ‘लेखन शैली र भाषा निकै सुन्दर छ जसमा टिप्पणी गर्नुपर्ने छैन  । फूटबुट्टा भरिएको छ । हामी किताब लेख्न सिपालु छौँ तर कार्यान्वयनमा दक्षता देखाउनुपर्नेछ’ उनले भने ।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा प्रस्तुत बजेटमाथि बुधवारदेखि छलफल सुरु भएको छ ।