प्रतिपक्षको टिप्पणी : बजेटमा चिन्ता देखियो, चिन्तनको कमी भयो
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा अहिलेको अप्ठ्यारो अवस्थाप्रति चिन्ता गरिएपनि चिन्तनको कमी भएको टिप्पणी गरेको छ ।
बुधवार प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेटमा ठूलो चिन्ता झल्किए पनि चिन्तन कम भएको टिप्पणी गरेका छन् । ‘बजेटमा ठूलो चिन्ता छ तर चिन्तनको कमी भएको देख्छु’ उनले भने ।
यस्तै महामारी र भोकमरीलाई ठीकैगरी सम्बोधन गरेपनि रोजगारीलाई पर्याप्त नभएको जिकिर उनको थियो । रोजगारी गुमाएर विदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारी दिलाउने र यहीँ भएका बेरोजगाहरुलाई रोजगार बनाउने गरी कार्यक्रम अपरिहार्य रहेको भन्दै उनले ठोस योजना बजेटमा नदेखिएको टिप्पणी गरे ।
शाहीले कोरोना प्रतिकार्यका लागि छुट्याएको बजेट भने स्वागतयोग्य भएको बताए ।
प्रकाशित मितिः ३ असार २०७७, बुधबार १५:५८
साझा बिसौनी ।