कर्णालीमा कोरोना संक्रमित एक हजार नाघे

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक हजार नाघेको छ । सोमवार थप एक सय १० जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमित एक हजार ७७ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार सोमवार गरिएको आरटी-पीसीआर परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी प्रदेशका १ सय ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर अस्पतालबाट घर पठाइएको छ ।

प्रदेशमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १५:३१