वीरेन्द्रनगरको एकीकृत विकास गर्न ५१ करोड

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरको विकासका लागि एकीकृत योजना बनाएर कार्यान्वयन गरिने भएको छ ।  सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने लक्ष्यसहित सडक, खानेपानी, विधुत, ढल निकास र हरियालीसहित योजना अघि सारिएको छ ।

यस अन्तर्गत प्रदेश राजधानी शहर एकीकृत विकास परियोजना सञ्चालन गरिने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । यसका लागि ५१ करोड विनियोजन गरिएको छ ।

यसका साथै साना नयाँ शहर र वस्ति विकासका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा सरकारले गरेको छ ।

यस्तै जनता आवास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १३:००