कर्णालीको बजेट : उर्जा विकासका लागि ५० करोड
सुर्खेत : उर्जा विकास तथा ग्रामिण विधुतिकरण कार्यक्रमका लागि प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उर्जा विकासका विभिन्न योजना कार्यान्वयनका लागि रकम छुट्याइएको हो ।
आउँदो वर्ष उर्जा विकासका लागि प्रदेश गुरुयोजना तयार गरिने छ ।
कर्णालीको पानी, जनताको लगानी भन्ने नारा आत्मसाथ गर्दै लगानीका लागि प्रोत्साहित गर्ने योजना सरकारको छ ।
नेपाल सरकारसँगको सहकार्यमा भेरी-बबइ जलविधुत आयोजना र जगदुल्ला आयोजनामा लगानी गर्ने र नयाँ आयोजनाको सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
ग्रामिण विधुतिकरण योजना अन्तर्गत कर्णाली उज्यालो कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि २५ करोड छुट्याइएको छ ।
प्रकाशित मितिः १ असार २०७७, सोमबार १२:५३
साझा बिसौनी ।