कर्णालीको बजेट : सिचाइँमा एक अर्ब ७३ करोड

सुर्खेत : आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा साना, मझौला तथा ठूला सिचाइँ आयोजना सञ्चालन गरिने भएको छ । यसका लागि एक अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले खेतीयोग्य जमिनमा सिचाइँ सुविधा पुर्याउने लक्ष्यका साथ साना, मझौला तथा ठूला सिचाइँ आयोजनाको अध्ययन र सञ्चालन गर्ने गरी बजेट ल्याइएको जानकारी दिए ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:४७