कर्णालीको बजेट : जनता सडक कार्यक्रमलाई निरन्तरता

सुर्खेत : जनता सडक कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ । कर्णाली प्रदेशको आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक पूर्वाधार निर्माण अन्तर्गत सरकारको उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए ।

यो कार्यक्रमका लागि एक अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेशसभा सदस्यहरुको सिफारिसमा सडक आयोजना छनौट गरेर बजेट कार्यान्वयन गरिने कार्यक्रम हो यो ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:४०