कर्णालीको बजेट : सडक र यातायातमा पाँच अर्ब ७९ करोड
सुर्खेत : प्रदेश सरकारले सडक र यातायात क्षेत्रको विकास कार्यक्रमका लागि पाँच अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक पूर्वाधार निर्माण सरकारको प्राथमिकताको क्षेत्र भएको जनाए ।
उनका अनुसार सडक पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना तयार गरिने छ । सुर्खेत-हिल्सा द्रुत मार्ग तथा उत्तर-दक्षिण करिडोर र अन्य रणनीतिक महत्वका सडक निर्माण गर्ने संघीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।
प्रदेश राजधानीबाट जिल्ला राजधानी जोड्ने र अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखिएको छ भने वीरेन्द्रनगर चक्रपथ तत्काल निर्माण गरिने उल्लेख गरिएको छ ।
जनता सडक कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । यस अन्तर्गत एक अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ ।
ग्रामिण सडक विकासका लागि १५ करोड छुट्याइएको छ ।
प्रकाशित मितिः १ असार २०७७, सोमबार १२:३६
साझा बिसौनी ।