कर्णालीको बजेट : खानेपानी र सरसफाइमा एक अर्ब ६० करोड

सुर्खेत : खानेपानी तथा सरसफाइमा एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा प्रदेशभर खानेपानी र सरसफाइ सम्बन्धी योजना र कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम छुट्याएको हो ।

कर्णाली र भेरी नदि किनाराका वस्तीमा नविन प्रविधिको उपयोग गरी स्वच्छ खानेपानी आपूर्ति गर्ने योजना बजेटमा समावेश गरिएको छ । यसका लागि सम्भाव्यता अध्ययन गर्ने र क्रमश कार्यान्वयन गरिनेछ ।

सरसफाइका लागि पनि विभिन्न कार्यक्रमहरु बजेटले समेटेको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:२९