कर्णालीको बजेट : खेलकुदमा १५ करोड ६० लाख

सुर्खेत : कर्णाली प्रदेशमा खेलकुद विकासका लागि प्रदेश सरकारले साढे १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले युवा परिचालन तथा खेलकुद विकासका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण, राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार विकास, सबै जिल्लाको खेल पूर्वाधार र खेलाडीको हितमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:२३