कर्णालीको बजेट : शिक्षामा ८९ करोड विनियोजन

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको छ । आ. व. २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शैक्षिक गुणस्तर सुधारदेखि पूर्वाधार निर्माणसम्मका योजना कार्यान्वयनका लागि उक्त रकम छुट्याइएको जानकारी दिए ।

यस्ता छन्, बजेटमा समेटिएका शिक्षा क्षेत्रका प्रमुख कार्यक्रम :

-आगामी वर्षभित्र कर्णालीलाई पूर्ण साक्षर घोषणा गर्ने

-हिमाली र पहाडी क्षेत्रमा आवासीय विद्यालय निर्माण गर्ने

-प्रदेश शिक्षा नीति र कानुन तर्जुमा

-समयानूकुल पाठ्यक्रम तयार गर्ने

-शैक्षिक पुर्वाधार, शिक्षण सामग्री र नविन प्रविधिको प्रयोगमार्फत जीवन उपयोगी प्राविधिक शिक्षा प्रदान

-मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भाइरोलोजी ल्याब स्थापना र पूर्वाधार विकास

(यसका लागि १० करोड छुट्याइएको छ ।) 

-पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना

-भूगोल एवम् विद्यार्थी संख्याको आधारमा विद्यालय समायोजन गर्ने

-एक निर्वाचन क्षेत्र, एक प्राविधिक शिक्षालय स्थापना

-प्रदेश राजधानीमा अपांगता भएका विद्यार्थीका लागि विशेष विद्यालय र दलित छात्रावास निर्माण

(यसका लागि २८ करोड १० लाख विनियोजन गरिएको छ । )

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:१६