सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत
काठमाडौं : संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । सभामुख अग्नि सापकोटाले गिरीको संशोधन प्रस्ताव खारेज गरिदिएका हुन् ।
संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए ।
प्रकाशित मितिः ३१ जेष्ठ २०७७, शनिबार १३:५२
साझा बिसौनी ।