पर्यटन बोर्डले बनायो ‘रारा टूर’ प्याकेज

सुर्खेत, २२ कात्तिक ।
नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन र घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ । बोर्डले तयार पारेको पहिलो चरणको प्याकेजमा मुगुको रारा पनि परेको छ । बोर्डले रारा टूर प्याकेज निर्माण गरेको छ ।

त्यसैगरी पहिलो चरणमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमणका टूर रहेका छन् । यी पर्यटकीय प्याकेज नाट्टा र सोट्टोको सहकार्यमा तयार गरिएका हुन् । ट्रेकिङ, ¥याफ्टिङ्ग, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बोर्डले जानकारी दिएको छ । बोर्डले आफ्नो वेभसाइटमार्फत् यस्ता प्योकजको जानकारी दिने र सम्बन्धित संस्थामार्फत् प्याकेज खरिद गर्न सकिने बताएको छ ।

विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्याकेज बनाउन थालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार व्यावसायिक प्याकेजले निजी क्षेत्रको सहकार्यमा पर्यटकीय गतिविधि बढाउने बोर्डको योजना रहेको छ । पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो । पर्यटकीय संस्थाले यस्ता पर्यटकीय प्याकेज बनाएर प्रवद्र्धन गर्न अनुरोध गरेका कारण निजी क्षेत्रको सहकार्यमा प्याकेज तयार गरिएको बोर्डले जानकारी दिएको छ ।

धेरैले घुमफिर वर्षलाई नै दृष्टिगत गरेर प्याकेज ल्याउन अनुरोध गरेकोले औपचारिक रूपमै पर्यटकीय प्याकेज ल्याउन लागिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनका अनुसार बोर्डले सबै अञ्चलका पर्यटकीय स्थललाई समेटेर प्योकज ल्याउने प्रयास गरेको छ । व्यवसायीलाई पनि सङ्घीयताको संरचना अनुसार नै प्याकेज निर्माण गर्न अनुरोध गरिएको जानकारी सुवेदीले दिए । प्याकेजले सबै पर्यटकीय गन्तब्यलाई समान महŒव दिएर प्याकेजमा समेटिएको बोर्डको भनाइ छ ।

पर्यटन बोर्ड र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज तयार पार्दै जाने जानकारी दिइएको छ । घुमफिर वर्षका लागि तयार गरिएका प्याकेज एक दिनदेखिे पर्यटकको रुचि अनुसार महिना दिनसम्मका लागि तयार पारिने पनि उल्लेख छ । घुमफिर वर्ष २०७३ सञ्चालनमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज आवश्यक भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा विना प्याकेज जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत् जाने र पर्यटकीय प्याकेजका रूपमा बिक्री गरिने पनि बताए ।

सबै पर्यटकीय गन्तव्यको भौगोलिक अवस्था, हावापानी, बस्ने, खाने सुविधा र यात्राका क्रममा भैपरी आउने समस्यासहितका जानकारी प्याकेजमा राखिनुपर्ने नाट्टाको भनाइ छ । आन्तरिक पर्यटकका लागि एउटा व्यावसायिक संस्थाले तयार गरेको प्याकेजलाई अर्कोसँग प्रचार गर्ने पनि उल्लेख छ ।