होटल अनुगमन

बिहीवार वीरेन्द्रनगरका पाँच वटा होटल अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत र नगर प्रहरीको समन्वयमा अनुगमन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका ६ वटा क्वारेन्टाइनहरूलाई खानाको व्यवस्था गर्ने जिम्मा लिएका पाँच वटा होटलहरूको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार वेष्ट वेस्र्टन होटल एण्ड रेष्टुरेण्ट, होटल सिटी भ्यू, अशोका होटल, अर्याल नास्ता पसल र सुवेदी नास्ता पसलको अनुगमन एवम् निरीक्षण गरिएको हो ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७७, शुक्रबार ०६:०३