६० जना संक्रमणमुक्त
कर्णालीका ६० जना कोरोना भाइरस संक्रमितहरू संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालहरूका आइसोलेसनमा उपचाररत उनीहरू संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार मात्रै ३१ जना प्रदेश अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । २९ जना यसअघि नै संक्रमणमुक्त भइसकेका छन् ।
प्रदेशमा हाल सात सय जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । बिहीवारसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय ६३ पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
दैलेखमा संक्रमितको संख्या चार सय ३४ पुगेको छ । सुर्खेतमा एक सय १३, सल्यानमा एक सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीमै गरिएको परीक्षणमा प्रदेशबाहिरका १५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित मितिः ३० जेष्ठ २०७७, शुक्रबार ०६:०२
साझा बिसौनी ।