मकैमा फौजी किराको प्रकोप
मकैबालीमा फौजी किराको प्रकोप पैmलिएको छ । फौजी किराले किसानहरूको बारीमा भर्खरै उम्रिएका मकै बाली सखाप पार्न थालेको हो । किराले मकैबालीमा क्षति पु¥याउन थालेपछि सुर्खेतका किसानहरू चिन्तित भएका हुन् ।
चिङ्गाड गाउँपालिका–५ अवलचिङ्गका दुर्गबहादुर साउदले भर्खरै उम्रिएको मकैको जरादेखि नै किराले काटेको बताए । उनका अनुसार चिङ्गाडको सबै वडामा किसानले लगाएका मकैलाई जरैदेखि किराले काट्ने समस्या देखिएको छ । मकैबाली किराले सखाप पार्न थालेपछि बारी बाँझो हुने चिन्ताले आफूलाई पिरोलेको उनले बताए ।
चिङ्गाडकै जीतबहादुर रानाले मकैमा किरा लागेपछि किरा टिप्दै कुखुरालाई चारो बनाउने दिनचर्या हुने गरेको बताए । उनले भने, ‘गाउँपालिकामा सबै किसानको बारीमा किराको प्रकोप देखिएको छ । यस विषयमा गाउँपालिकाको कृषि शाखामा नोक्सानीबारे जानकारी गराएका छौं ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद देवकोटाले रोग–किरा नियन्त्रणका लागि प्रत्येक वडामा एक–एक लाख रूपैयाँ छुट्याइएको जानकारी दिए । ‘६ वटै वडाका लागि ६ लाख रूपैयाँ छुट्याएका छौं,’ उनले भने, ‘यो रकमबाट प्रत्येक वडामा विषादी वितरण गर्ने काम भइरहेको छ ।’ उनले किसानको बारीमा भएको क्षतिको विवरण कृषि प्राविधिकमार्फत वडालाई संकलन गर्न लगाइएको बताए । सोही अनुसार किसानलाई निःशुल्क विषादी वितरणको काम गरिँदैछ । किसानलाई राहत स्वरूप नै विषादी उपलब्ध गराइने देवकोटाले बताए ।
कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाले फौजी किराको प्रकोप यतिबेला देशभरी नै भएको बताए । बजारमा सहज रूपमा पाउने रासायनिक विषादीको प्रयोग गरी किरा मार्न सकिने जानकारी दिए । मकै बालीमा नोक्सान पु¥याउने अमेरिकन फौजी किरा र फेद कटुवा किरा भएको उनले बताए । रानाका अनुसार फैजी लगायतका किराको प्रकोपले जिल्लाका अधिकांश स्थानमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।
प्रकाशित मितिः २९ जेष्ठ २०७७, बिहीबार ०६:०३
साझा बिसौनी ।