३७ जना कोरोना संक्रमित थपिए, कर्णालीमा ७०८ पुगे
सुर्खेत : कर्णाली प्रदेशमा ३७ जना कोरोना संक्रमित (कोभिड-१९) थपिएका छन् । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या ७ सय ८ पुगेको छ ।
कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः २८ जेष्ठ २०७७, बुधबार १५:१३
साझा बिसौनी ।