टिप्पर दुर्घटना : २ जनाको मृत्यु, ६ जना वेपत्ता

सुर्खेत : कालिकोटमा आज विहान भएको टिप्पर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

नरहरीनाथ गाउँपालिका-१ लालीघाट कालिकोटबाट रास्कोट नगरपालिकातर्फ भारतबाट आएका नागरिक बोकेर हिँडेको टिप्पर कर्णालीमा नदीमा खसेको थियो । ना ८ ख ५१३३ नंको टिप्पर लालीघाट बजार नजिकै बुधबार बिहान साढे दश बजे दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यलयका अनुसार ३९ जना बोकेर रास्कोट नगरपाकिाकाको क्वारेन्टिनतर्फ हिँडेको टिप्पर दुर्घटनाहुँदा टिप्परसँगै नदिमा खसेका २७ जनाको उद्धार गरिएको छ ।

४ जना घाईते अवस्थामा फेला परेका छन् भने ६ जना अझै बेपत्ता भएका छन् ।

वेपत्ताको खोजी भईरहेको प्रहरीले जनाएको छ ।