१६ जना संक्रमित थपिए, कर्णालीमा ६५७ पुगे

सुर्खेत : कर्णाली प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सोमवार दैलेखमा १० जना, सल्यानमा ५ जना र सुर्खेतमा १ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।