टेण्डर माफिया सल्बलाउदै

punam-1-300x235
पुनम बि.सी-

समाजमा एउटा मानसिकता अझै विद्यमान नै छ, ठुलोपंती । यहाँ सबै ठुलो छन् । मानिसहरूलाई आफुलाई ठुलो कहलाउन हदै सम्म पनि जाने गर्छन् । तर ठुलो कन मानेमा ? भोट दिने जनता ठुलो कि भोट माग्ने ? शिक्षा दिने गुरु ठुलो कि शिक्षा ग्रहण गर्ने विद्यार्थी ? यात्रालाई सुखमय बनाउन हदै सम्म जाने चालक ठुलो कि यात्रु ? समय तथा परिस्थिती अनुरूप सबै आआफ्नो स्थानमा ठुलो हुन् । एकअर्कामा सबैका सपना बाधिएका छन् ।

समाजमा ति व्यक्तिहरूको जमात पनि बढ्दो अवस्थामा रहेको छ, जो आफुलाई सम्मान योग्य कहलाउन अन्यलाई वाध्य बनाउछन् । सरकारी निकायलाई कमाईखाने भाडो बनाएका छन् । खानपिन समय अन्य भन्दा धेरै आर्थिक रूपप देखाउछन् । समाजमा अनाआवश्यक खर्चालु बानी देखाउदै आफुलाई सर्वश्रेष्ठ सोच्ने गर्छन् र नयाँ पुस्ताको आकर्षणको केन्द्र पनि बनेका छन् । टेण्डर माफियाहरू । सरकारी निकाय द्धारा निर्माण कार्यका लागी नियमानुसार अघी सारिएको योजनामा उनिहरूको आफ्नो रजाई गर्न सोच्छन् ।

उदाहरण हामी प्रसस्तै भेट्ने गर्छौ, सरकारी निकायमा बलको आधारमा आफ्नो रजाई गर्न चाहनेहरू । कुनै निकायमा भवन निर्माणका लागी टेण्डर आह्वान गरिन्छ, नियमानुसार टेण्डर दरखास्तको लागी मिति समय तथा स्थान तोकिएको पनि हुन्छ । तोकिएको ढाँचामा फारम भरी सो सम्वन्धित व्यक्ति तथा फर्महरू प्रतिस्पर्धामा आउनुपर्ने कानुनमा रहेको छ । प्रतिस्पर्धाका कारण टेण्डरद्धारा निर्माण कार्य सम्पन्न गराईनुमा पनि व्यक्तिपिच्छे आआफ्नै धारणाहरू रहेका पनि छन् । यि धारणाहरू समाजमा घुम्नुको कारण टेण्डर माफियाको विगविगीका कारण पनि हो ।

‘टेण्डरलाई अव पुर्ण रूपमा अनलाइनको माध्ययमद्धारा गराईनुपर्छ’ बताउछन् वीरेन्द्रनगर ९, सुर्खेत निवासी गोविन्द दहाल । दहालका अनुरूप टेण्डर माफियाका कारण पनि बिकास निर्माणको गति, पारदर्शिता तथा प्रभावकारिताका कमि आएको छ । अनका अनुसार टेण्डर प्रक्रियामा एकरूपता तथा हस्तक्षेपका कारण टेण्डरमा विश्वास गर्न नसकिने अवस्था आएको छ ।

टेण्डर प्रक्रियामा प्रशासन तथा सुशासन सम्वन्धित निकायको रेखदेखमा प्रभावकारिता नरहेको बताउछन् वीरेन्द्रनगर १०, सुर्खेतका सुरेन्द्र रावल । उनका अनुसार टेण्डर माफियाहरूलाई प्रशासन तथा सम्वन्धित निकायद्धारा कारवाहीमा ल्याउन सकिन्छ तर सुर्खेतमा चलिरहेको टेण्डरमा एकाधिकार प्रचलनको अगाडी बिगत बाटै सम्वन्धित निकाय मौन छ । रावलका अनुसार मौनताको कारण आम सर्वसाधारण यसमा पनि मिलेमतो रहेकोमा विश्वास गरिरहेका छन् । आम सर्वसाधारणसंग टाउकोमा हात राख्नु वाहेक अन्य विकल्प नै छैन । आखिर को हुन् टेण्डर माफिया ? के हुदैछ टेण्डरमा ?
सरल रूपमा बुझ्नुपर्दा टेण्डरमा एकाधिकार राख्ने व्यक्तिहरू नै टेण्डर माफिया हुन् । आन्तरिक द्धन्द्ध पश्चातको शान्ती सम्झौता पछी टेण्डर माफियाको सुर्खेत लगायत अन्य जिल्लामा पनि निकै हालिमुहाली रहेको छ । सुर्खेतमा युवा जमातको आर्कषणको केन्द्र टेण्डर बनेको छ । सरल रूपमा आर्थिक आयआर्जन गर्ने बाटो । बल तथा धाकको आधारमा आफ्ना व्यक्तिगत आवश्यकताहरू परिपुर्ती गर्ने बाटो । यहाँ टेण्डरमा गुण्डागर्दी चलिरहेको छ ।
उदाहरणको लागी कुनै एक निकायमा भवन निर्माण तथा कुनै स्थानमा बिकास निर्माणको लागि सरकारद्धारा बजेट छुट्टाइन्छ । प्रतिस्पर्धाको आधारमा टेण्डर आह्वान गरिन्छ । सम्वन्धित निकायद्धारा तयार पारिएको फारममा तोकिएको रकममा घटेर तोकिएकै कार्य सम्पन्नका लागी टेण्डर भरिने परम्परा हाम्रो रहेको छ । जहाँ टेण्डर भर्नेको संख्या तोकिएको हुनुपर्छ ।
टेण्डर माफिया द्धारा टेण्डर आह्वान समय टेण्डरका लागि सम्वन्धित निकायद्धारा तोकिएको दिन सम्म उनिहरू कार्यालयमा आफ्नो उपस्थिती देखाने गर्छन् । टेण्डर भर्न कसैलाई दिइदैन । उनिहरू आफ्नो बल तथा धाकको हतियार बनाएर आफ्नो उपस्थितीलाई कडा बनाएका हुन्छन् । टेण्डर भर्ने अन्तिम दिन उनिहरू कानुनी रूपमा कागज तथा रितपुर्वक आफ्नो मनोमानीमा रकम भर्दै कोरम पु¥याउनलाई अन्य फर्मको पनि संलग्नता गराएर फारम पेश गर्छन् । र, अन्त्यमा टेण्डरमा प्रतिस्पर्धाको रूपमा नगईकन एकाधिकार तवरले आफ्नो मानोमानीको रकममा जाने गर्छ । जसमा टेण्डर रकममा कमै मात्रामा घटिएको हुन्छ ।
यस वारेमा टेण्डर आह्वान गर्ने सम्वन्धित निकायको पदाधिकारीलाई पनि पत्तो नभएको भने होईन । उनिहरू टेण्डर माफियाको गतिविधीलाई नजिकैबाट नियाल्ने मौका पाइरहेका हुन्छन् । यस्तो परिस्थितीमा टेण्डर प्रक्रियालाई प्रभावकारी तथा पारदर्शी बनाउनका लागी उनिहरूद्धारा सकारात्मक कदम चालिनुपर्ने हो । टेण्डर माफिया विरुद्ध प्रशासनलाई खवर सम्मले पनि यो परम्परा हट्न सक्छ । तरपनि उनिहरूद्धारा यो गरेको देखिदैन । जसले टेण्डर आह्वान गरिएको कार्यालयको कर्मचारीको पनि टेण्डर माफियासंग मिलेमतोको शंका गर्न सकिन्छ । अथवा यसले स्पष्टता गर्ने गर्छ ।
सुर्खेत जिल्लामा आह्वान गरिएका टेण्डरहरूको वारेमा पनि प्रशासन तथा सम्वन्धित निकायलाई जानकारी नहुने भन्ने होइन । निकायहरूद्धारा अनुगमन तथा रेखदेखका अभावका कारण पनि टेण्डर माफियाहरू सल्बलाईरहेका छन् । समाजमा दादागिरी जमाउदै टेण्डर माफिया बन्न पुगेका कुनैपनि व्यक्तिलाई सम्वन्धित निकाय तथा पदाधिकारीद्धारा कारवाहीको दायरामा ल्याईएको जानकारी सर्वसाधारणले पाएका छैनन् । यदी यस्तै रह्यो भने ?
समाजमा हामी आम सर्वसाधारण पनि यि टेण्डर माफियाहरूलाई सम्मानको स्थान दिईरहेका छौ । समाज तथा देश विरुद्ध नकारात्मक भाव बोकेका टेण्डर माफियाहरू कसरी सम्मान योग्य हुन सक्छन्, समाजमा ? उनिहरूको उपस्थितीलाई हामी कसरी प्रभावकारी रूपमा लिन सक्छौ ? टेण्डर माफियाका कारण पनि देशको बिकास निर्माणमा प्रभाव परेको छ । बिकास निर्माणको गतीलाई सुस्त बनाएको छ । पहिले टेण्डर माफियाको एकाधिकार त्यसपछी टेण्डरलाई आफ्नो रूपमा अन्य ठेकेदार कम्पनीलाई बिक्रि गरिनु, जसबाट टेण्डर माफियालाई आर्थिक आएआर्जन होस् । फेरी ठेकेदार कम्पनीद्धारा आफ्नो लगानी तथा फाइदा उठाउन खोज्नुका कारण पनि बिकास निर्माणका पक्षहरूमा पारदर्शिता तथा प्रभावकारिताको खाँचो आम जनसमुदाय स्पष्ट रूपमा देख्न सक्छ । टेण्डर आह्वान गरिएको संस्थाद्धारा आफ्नो जिम्मेवारी वहन र प्रशासन तथा अन्य सम्वन्धित निकायद्धारा पद्धती÷अवस्थामा चासो रहन सकेका सल्बलाईरहेको टेण्डर माफियामा न्युनिकरण गर्न सकिनेछ ।