सात जना कोरोनामुक्त

सुर्खेत : कर्णालीका सात जना कोरोना (कोभिड–१९) संक्रमित संक्रमणमुक्त भएका छन् । उनीहरूलाई घर पठाइएको छ । प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत सात जना कोरोनामुक्त भएर घर फर्किएको अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार दैलेखका एक र सुर्खेतका ५ जना हुन् भने एक जना बोल्न नसक्ने महिलाको भने ठेगाना खुलेको छैन ।

कोरोनामुक्त हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं. ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं. ४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन छन् । डा. पौडेलले ठेगाना नखुलेकी सांकेतिक भाषा प्रयोग गर्ने महिलालाई भने अस्पतालमै राखिएको छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार १९:५६