अनेरास्ववियुद्धारा एमयू परिसरमा वृक्षारोपण

सुर्खेतः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सुर्खेत र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कमिटीले वीरेन्द्रनगरको कुइनेपानीस्थित विश्वविद्यालय हाताभित्र वृक्षारोपण गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसर पारेर एमयू परिसरमा वृक्षारोपण गरिएको हो । अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीका अनुसार दालचिनी, कपुर, बेललगायतका विभिन्न  प्रजातिका ४५ वटा विरुवा रोपिएको छ ।

विश्वविद्यालय हाताभित्र स्वच्छ वातावरण निर्माण गर्न रुख विरुवाको महत्वपूर्ण भुमिका हुने भएकाले अनेरास्ववियुले वृक्षारोपण गरेको उनले बताए । वृक्षारोपण कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य प्रेम खडका, अनुशासन आयोग केन्द्रिय सदस्य चक्र शाही, अमर शाही, निकुञ्ज पाण्डे, धर्मराज न्यौपाने, सरोज न्यौपाने, पदम सुवर्णकार, आशिष रेग्मी, लक्ष्मी विसी, मिलन बिसी, झकास रिजाल, मनिष चन्दलगायतको सहभागिता थियो ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार १५:४७