आजै थपिए एकसय संक्रमित, कर्णालीमा ४८९ पुगे

सुर्खेत : कर्णाली प्रदेशमा एक सय जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले गरेको आरटी-पीसीआर परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।

शुक्रवार दैलेखका ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी जुम्लाका ३ जना, सुर्खेत, हुल्ला र जाजरकोटका १/१ गरी ती जनामा पनि कोरोना देखिएको छ ।

यसबाहेक दोलखा, रामेछाप र गोरखाका १/१ गरी थप ३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको हो ।

शुक्रवार विहान सुर्खेतको पञ्चपुरीका एक मृतक युवामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।